धनकुटा । लेउती खोलाले बगाएको सडक खण्ड मर्मत गरेर २२ घण्टापछि पुनः सुचारु भएको छ । राजमार्ग अस्थायी रुपमा सुचारु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।
लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं। ६ फेदिमा करिब ५० मिटर सडक बगाएको थियो ।
धरानदेखि कोशी पहाडी तथा कोशी पहाडदेखि धरान झरेका सयौं साना ठूला गाडी अलपत्र परेका थिए ।