काठमाडौं । सोमबार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि यही मूल्य कायम थियो ।