संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र उनको बुहारी २५ वर्षीया समीक्षा राईको मृत्यु भएको बताइएको छ ।
ढुंगाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।