बढ्यो नेप्से परिसूचक

न्युजलय २२ असोज २०८३, बिहिबार ०३:५६ मा प्रकाशित

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ३ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । 

आजको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।