बहराइनको रातो सूचीबाट हट्यो नेपाल

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०९:१६ मा प्रकाशित

काठमाडौं । बहराइनले आइतबार रातिदेखि लागू हुने गरी नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेको छ । 


बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लगाइसकेकाहरुलाई बहराइन प्रवेश पश्चात १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधान हटेको छ ।


यात्रुहरुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने छ । खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकाहरुले भने आफू बस्ने निवास वा बहराइनको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वारेन्टिन बस्नुपर्ने बताइएको छ ।