काठमाडौं । सुनको भाउ सोमबार(आज) प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।