काठमाडौं । बिहीबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३ अंकले बढेको छ । ४३ अंकले वृद्धि आएसँगै परिसूचक २६ सय ९२ अंकमा पुगेको छ ।
यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिमसम्मै बढेर बन्द भएको हो ।
परिसूचक बढेपनि आज व्यापार समूह १९ अंकले र उत्पादनमूलक समूह ५ अंकले खुम्चिएको छ । यसबाहेक अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ ।
आज निर्जीवन र जिवन बीमा तथा होटल÷टुरिजम समूहमा उल्लेख्य सुधार आएको छ । नेप्सेमा तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।