काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि परिमर्जन यादवले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ५९ रन जोडे । शिवान्स बजगाईंले २३ रन जोडे ।
यसअघि घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुँदै ९० रन जोडेको थियो ।
गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।