भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्ले स्थित गोठमा खेलिरहेका एकै घरका तीन बालबालिकाको आगलागीबाट जलेर मृत्यु भएको छ ।
स्थानीय केदार कार्कीको गोठमा शनिबार साँझ ५ बजे लागेको आगलागीमा परी केदार कार्कीका एक छोरा र केदारका भाइ रमेश कार्कीका एक छोरा र एक छोरीको जलेर मृत्यु भएको हो ।
घटनाको थप जानकारी आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।