विश्वभर फेरी बढ्दै कोरोना संक्रमण

न्युजलय १६ असार २०७९, बिहिबार ०८:१६ मा प्रकाशित

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण थप देशहरूमा पनि पुष्टि भएको छ।  


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। 


कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्त्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिएरहेको संगठनका अधिकारीले जनाएका छन्। 

 

विश्वभरीको तथ्यांक हेर्दा अहिले औसतमा २० प्रतिशत संक्रमण वृद्धि भएको उनको भनाइ छ। डब्लुएचओले सबै देशलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ।  

 

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए।