खोटाङमा अरिङालले चिलेर तीन वर्षीया बालिकाको मृत्यु

न्युजलय १० असोज २०८०, बुधबार ११:१२ मा प्रकाशित

खोटाङ । खोटाङमा अरिङालले चिलेर  तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।


केपिलासगढी गाउँपालिका २ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको मृत्यु भएको हो । 


मंगलबार बिहान विद्यालय जाँदै गरेका दिदीहरुसँग रहेकी उनलाई अरिङालले चिलेको थियो । अरिङालले चिलेर घाइते उनलाई उपचारार्थ दिक्तेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।