२०७८ साल माघ ६ गते बिहिबार

अमेरिकाको स्टेजमा गायक राजेश पायल राईमाथि हातपात

न्युजलय १७ पुस २०७८, शनिवार ०८:०४ मा प्रकाशित
काठमाडौं । चर्चित गायक राजेश पायल राई माथि स्टेजमै हातपात भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि हातपात भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चारकर्मीलाई बताएका थिए ।