इन्डोनेसियाविरुद्ध नेपाल पराजित

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०२:१८ मा प्रकाशित

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।


नेपालले शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा २–० को हार बेहोरेको हो ।


खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए । थप गरिएको समयमा सुलेमनले गोल गर्दै टोलीलाई सहज जित दिलाए । 


एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । 


छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् ।


नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ । नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेबनानसँग ३१ अक्टोबरमा खेल्नेछ ।