लोकसेवा परीक्षामा उत्तर बनिन् अभिनेत्री सुरक्षा

न्युजलय २७ असार २०७९, सोमबार ०१:४५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् । 

सो अवसरमा उनले रेड कार्पेटमा हिँड्ने मौका समेत हासिल गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी हुन् ।

उनको यहि विषय लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा समेत सहभागी गराएको छ । प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ ।

सुरक्षाले आफ्नो विषयबारे लोकसेवा परीक्षामा प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित सामाजिक सञ्जालमा खुसी ब्यक्ति गरेकी छन् ।