इटहरी । इटहरी —५ मा रहेको पाथिभरा देवी मन्दिरमा पञ्चदिवशीय सामूहिक शतचण्डी यज्ञ गरिने भएको हो । २०८१ सालको नवरात्रको अवसर पारी यज्ञ गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ ।
यस्तो यज्ञ निकै थोरै संख्यामा हुने भएकोले विशेष रहेको संयोजक कृष्णविनोद लम्सालले बताए । आद्यशक्ति नवदुर्गा भगवानप्रति विशेष श्रद्धाभावना उत्पन्न गराई टोलटोलमा सामाजिक सद्भाव बढाउने र देशमा शान्ती सुव्यवस्थाको कामना गर्दै यज्ञ आयोजना गर्न लागिएको उनले बताए । जसअनुसार असोज २१ गतेबाट यज्ञ सुरु हुनेछ ।
भक्तजनहरुको आर्थिक दानबाट नै यज्ञ संचालन गरिने पाथिभरा देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामनारायण राउतले बताए । यज्ञमा एक आचार्य, एक सहआचार्य सहित दश जना ब्राह्मणहरुले पाठपारायण गर्नेछन् ।