बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १६ कार्तिक २०७९, बुधबार ०५:२० मा प्रकाशित

काठमाडौं । बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। 

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। 

बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ।