काठमाण्डौ । सरकारले पेट्रोलको भाउ बढाएको छ । लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।
जसअनुसार ठाउँअनुसार १७२ रूपैयाँ ५० पैसादेखि १७५ रूपैयाँसम्म पर्नेछ ।