आजको सुनचाँदीको मूल्य

न्युजलय ७ असार २०७९, मङ्गलबार ११:१८ मा प्रकाशित

  काठमाडौँ । मंगलबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै आज तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।