काठमाडौं । गायक रामकृष्ण ढकालले गीत ‘काली’ सार्वजनिक गरेका छन् ।
नयाँ गीत ‘काली’मा ढकालले नम्रता सापकोटासँग जोडी बाँधेका छन् । सुव्रत आचार्य निर्देशित भिडियोमा नम्रतासँग ढकाल रोमान्टिक पनि देखिएका छन् ।
योसँगै गायक ढकालले आफूले सिर्जना गरेका गीतमा आफैंले अभिनय गर्दा उक्त गीत अझै अब्बल बन्ने बताए ।