काठमाण्डौ । आइतवार(आज) शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ ।
आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
बोनस र नगद गरी लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा आकर्षण बढेको हो ।