विश्वकप लिग–२ मा नेपाललाई लगातार दोस्रो सफलता

न्युजलय ४ जेठ २०८३, सोमबार ०३:५९ मा प्रकाशित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्रिकेटमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । 

सोमबारको खेलमा १९५ रनको चुनौती नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

यसअघि स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ३९ ओभर १ बलमात्र क्रिजमा टिकेर १९४ रन बनायो ।   

नेपाल लगातार दुई जितसँगै अंक तालिकामा फड्को मार्न सफल भएको छ । नेपाल पाँचौँ स्थानमा पुगेको छ । नेपाल २७ खेलबा६ २२ अंकसहित पाँचौँ स्थानमा पुगेको हो । ३१ खेलबाट ३८ अंकसहित स्कटल्याण्ड पहिलो स्थानमा छ ।