काठमाडौं । नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा भारतलाई तीन–शून्य गोलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेको हो । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेको छ । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
योसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलो पटक हराएको छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपको इतिहासमा पहिलो पटक हार बेहोरेको छ ।
समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।