एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।
चार पटक विश्वकप खेलिसकेका मेसी यो पटक पनि अर्जेन्टिनाको तर्फबाट विश्वकपमा उत्रिँदैछन् । उनको कप्तानीमा रहेको अर्जेन्टिनाले अहिलेसम्म विश्वकप भने जित्न सकेको छैन ।
अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुगेको थियो। फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपाधि विहीन रहेको थियो। सन् २०१८ मा भने अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। फ्रान्स भने च्याम्पियन बनेको थियो।
सात पटकका बालोन डी अर विजेता मेसीले एक पटक भएपनि विश्वकप जिताउने इच्छा रहेको बताउँदै आएका छन् । उनले यो वर्ष आफू पूर्ण रुपमा फिट रहेकोले विश्वकप जित्ने विश्वास व्यक्त गरे ।