काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग हार व्यहोरेको छ । गएराति कतारमा भएको अभ्यास खेलमा नेपालले ओमानसँग २–० को हार व्यहोरेको हो ।
नेपाली टोली फिफा बरियताको ७५औँ स्थानमा रहेका ओमानसँग पराजित भएको छ । नेपाल फिफा बरियताको १६८औँ स्थानमा रहेको छ ।
यसअघि दुई अभ्यास खेल खेलेको नेपालल टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को नतिजा निकालेको थियो ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग पहिलो खेल खेल्नेछ । साथै ११ जुनका लागि आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।