विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा मंगलबार राति सालनालसहितको शिशुलाई मृत फेला पारिएको छ।
आकस्मिक कक्षको महिला शौचालयमा राति ११ बजेतिर शिशु मृत फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
शिशुलाई कसले जन्माएर शौचालयमा फ्यालेको हो भन्ने खुल्न बाँकी छ। अवैध गर्भबाट जन्मिएको शिशुलाई शौचालयमा फ्यालेको हुनसक्ने प्रहरीले बताएको छ ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाउने तयारी भइरहेको छ। शिशु जन्माएर फ्याल्ने महिलाको खोजी थालेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।