देशभर थप दुई जनामा कोरोना पुष्टि

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार ०७:३९ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १६ सय चार जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।


यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।


यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ३३ हजार नौ सय ६७ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।