दमक । झापाको दमक नगरपालिका–१ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
असोज २५ गते बिहीबार राती ११ बजे इलाम फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ बर्षीय दिनेश सुनुवारले आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई कुटपिट गर्दा ज्यान गएको हो ।
मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गर्दा घाईते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उनको उपचारको क्रममा सुक्रबार साँझ मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।