‘झिँगेदाउ’ को नयाँ गीत ‘टल टल टल टलक्कै’ सार्वजनिक (भिडियोसहित)

न्युजलय ८ भदौ २०७९, बुधबार ०३:१८ मा प्रकाशित

काठमाडौं । फिल्म ‘झिँगेदाउ’ को नयाँ गीत ‘टल टल टल टलक्कै’ सार्वजनिक भएको छ । 

गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द अर्जुन पोखरेलको संगीत, अञ्जु पन्त र सुरेश लामाको स्वर छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मभित्र केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टको नृत्य छ ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल, कुशलको अलवा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ ।

१७ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो ।