काठमाडौं । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको मिति सरेको छ ।
फागुन २५ देखि २७ सम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० र ११ गते विराटनगरमा हुने भएको हो ।
महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिअनुसार व्यवस्थापनलगायतका प्राविधिक कारणले महाधिवेशनको मिति सरेको हो ।