विराटनगर । मोरङको उर्लाबारीमा एक डाक्टर कोठामा मृत फेला परेका छन्।
मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनीषकुमार यादव बिहीबार बिहान कोठामा मृत भेटिएका हुन्।
छिमेकीले झ्यालबाट हेर्दा उनलाई भित्रबाट चुकुल लगाएर सुतेको अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले ढोका फुटाएर अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।