मुसहर समुदायका बालबालिकालाई वडा कार्यालयले खुवायो वनभोज

न्युजलय ७ माघ २०८०, आइतबार ०७:२२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ कार्यालयले मुसहर बस्तीका ६० जना बालबालिकालाई बनभोज खुवाएको छ। 


निम्न वर्गीय परिवारका बालबालिकालाई वडा कार्यालयको खर्चमा तालतलैयामा वनभोज खुवाएको वडा नं १ का वडा अध्यक्ष कैलाश कार्कीले जानकारी दिए ।


वडा अध्यक्ष कार्कीले मुसहर बालबालिकालाई नियमित बिद्यालय उपस्थिति गराउन उत्प्रेरणा मिल्छ भन्ने उद्देश्यले पनि बनभोज कार्यक्रम गरेको बताएका छन् ।