विराटनगर । दस वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङमा एक किशोर पक्राउ परेका छन् ।
बालिकालाई जवरजस्ती करणी गरेको उजुरीका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको जानकारीका आधारमा प्रहरीचौकी तालखर्कबाट खटिएको प्रहरीको टोलीले आरोपित लाई माघ ६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा लगेर घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।