नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

न्युजलय १४ जेठ २०८०, आइतबार १०:१७ मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार ९आज० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक १७ दशमलब ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलब ७४ मा पुगेको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज २७० कम्पनीको ४७ हजार ६७४ स्टकको ७० लाख ५० हजार ३९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये उत्पादन र म्युचल फण्डबाहेकका उपसमूह घटेका छन् । उत्पादन १.०१ र म्युचल ०.६५ प्रतिशतले बढेको छ ।