एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनल खेल हुँदैछन् । पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिल र उपविजेता क्रोएसिया भिड्दैछन् ।
नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ तथा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएका थिए ।
ब्राजिल र क्रोएसियाले हालसम्म चार खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा ब्राजिलले तीन खेलमा जित हात पारेको छ । ब्राजिलले क्रोएसियासँग एक खेल भने बराबरी खेलेको छ ।
ब्राजिलले २० वर्षयता विश्वकप उपाधि हात पार्न नसकेको छैन । उसले अन्तिपटक सन् २००२ को विश्वकप जितेको थियो । क्रोएसिया गत संस्करणमा पहिलोपटक फाइनलसम्म पुगेको थियो ।