यु १९ महिला विश्वकप छनोट अन्तर्गत नेपालले पहिलो खेल कतारविरुद्ध खेल्ने

न्युजलय १४ जेठ २०७९, शनिवार ०२:२५ मा प्रकाशित

काठमाडौं । नेपालले सहभागिता जनाउने आइसिसी यू १९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

 

छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् । मलेसियामा आयोजना हुने छनोटको तालिकाअनुसार नेपालले ३ जुनमा कतारविरुद्धको खेलबाट छनोटको सुरुवात गर्नेछ ।


नेपालले दोस्रो खेल युएईविरुद्ध ४ जुनमा खेल्दा ६ जुनमा भुटानसँग तेस्रो खेल खेल्नेछ ।

 

त्यस्तै, नेपालले ७ जुनमा थाइल्याण्डसँग चौथो खेल र ९ जुनमा मलेसियाविरुद्ध पाँचौं तथा अन्तिम खेल्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ विश्वकपमा छनोट हुनेछ ।


पहिलोपटक पटक आयोजना हुन लागेको यु १९ महिला विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ । छनोटका लागि नेपालले कृतिका मरासनीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।