काठमाडौं । आइतबार(आज) सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य ९३ हजार ३ सय तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएर प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।