दीपक र दीपाका छोरा ‘छक्का पञ्जा ४’ मा हिरो

न्युजलय १० साउन २०७९, मङ्गलबार ०२:३२ मा प्रकाशित

काठमाडौं । हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा देखिने भएका छन् ।

उनी फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् । हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् । 

तितो सत्य’पछि केही म्युजिक भिडियो अभिनय गरेका राजले  गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो कसेका थिए ।

सोमबार छायाँकन सुरु गरेको फिल्ममा राज लगायत दीपकराज गिरी, बेनिशा हमाल , मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहने छ । 

कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा बेनिशा र मलिना दीपकको जोडीको रुपमा रहनेछन् ।