काठमाडौं । बलिउड अभिनेता विक्की कौशल तथा अभिनेत्री कट्रीना कैफ बिहिबार(आज) वैवाहिक जीवनमा बाँधिदैछन् ।
यी दुबैले राजस्थानको जयपुरस्थित सवाई माधेपुरको सिक्स सेन्सेस फोर्ट बरबाडामा आज विवाह गर्ने भएका हुन् ।
पछिल्लो जानकारी अनुसार विक्की र कट्रीनाको वैवाहिक कार्यक्रमको प्रारम्भ बिहिबार मध्यान्हदेखि हुनेछ ।
कट्रीना र विक्कीले अन्तिम समयसम्म पनि आफ्नो वैवाहिक समारोहका हरेक कुराहरु गोप्य राख्ने प्रयास गरेका थिए । यद्यपि, उनीहरुको विवाह हुनुअघि नै विवाहको निमन्त्रणपत्रको तस्बिर कट्रीना कैफको फ्यान क्लबमा भाइरल भयो ।
समाचारमा जनाइए अनुसार कट्रीनाले आफ्नो विवाहको करीब ७५ प्रतिशत खर्च उनी आफैंले गर्दैछिन् । यात्रा, सुरक्षा, पाहुनाहरुका लागि खर्च सबै कट्रीनाले हेरेकी छिन् ।