फुटबल प्रशिक्षक संघको उपाध्यक्षमा सुरेन्द्र तामाङ निर्विरोध

न्युजलय ५ बैशाख २०७९, सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं । नेपाल फुटबल प्रशिक्षक संघको उपाध्यक्षमा इटहरीका सुरेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्वाचित भएका छन् ।


चितवनको सौराहामा शनिबार भएको अधिवेशनबाट १५ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । तीन उपाध्यक्षमा यम प्रसाद गुरुङ र समिर नेम्कुल (नेकु) समेत छन् ।


सदस्यमा अर्जुन चौधरी, मनजित पुन, सनोज श्रेष्ठ, विनम श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, विनोद महर्जन र अनिल तामाङ तथा महिला सदस्यमा भगवती रानामगर निर्विरोध चयन भएका छन् ।


कार्यसमितिको पदावधि ४ वर्षको हुनेछ । निर्वाचित समितिले संघको विधान तथा निर्देशिका बमोजिम आवश्यक पदमा आवश्यक मात्रामै उमेदवारी परेको र त्यसमा कुनै दावी विरोध नआएपछि सबै १५ जना निर्विरोध निर्वाचित भएको जनाएको छ ।


६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि प्रशिक्षक संघबाट एक मतभार रहेको छ । मत भार लिने प्रतिनिधि छनोट हुन बाँकी छ ।