काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । आज नेप्से परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ ।
बजारमा उत्साह देखिँदा कारोबार रकम सुधार आएको छ । आज बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।