काठमाण्डौ । आज देशभर मौसम आंशिकदेखि समान्य बदली रहनेछ ।
नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद्ले बताए।
दिउँसो पहाडी भू–भागका केही ठाँउमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाँउमा हिमपातको सम्भावना छ ।