अन्तर कलेज टि–२० क्रिकेट प्रतियोगीताको उपाधि विश्व आदर्श कलेजलाई

न्युजलय १९ पुस २०७९, मङ्गलबार ११:४६ मा प्रकाशित

इटहरी । नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस द्वारा आयोजित अन्तर कलेज टि–२० क्रिकेट प्रतियोगीताको उपाधि विश्व आदर्श कलेजले जितेको छ । सोमबार सम्पन्न खेलकुद कार्यक्रमको उपविजेता जनता बहुमुखी क्याम्पस बनेको छ । विश्व आदर्शले ९ विकेटमा १५१ रन बनाउन सफल भएको थियो भने जनता क्याम्पस १४० रनमै अलआउट हुन पुगेको थियो ।

फाइनल खेलमा म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज विश्व आदर्श कलेजका क्याप्टेन भुपाल लुईटेल बनेका छन् । यस्तै, जनता क्याम्पसका सेमन्त रेग्मी बेस्ट ब्याड्समेन बनेका छन् । त्यसैगरी, खेलको बेस्ट बलर जनता क्याम्पसका उज्जवल श्रेष्ठ बनेका छन् । 

विश्व आदर्श कलेजले खेलको उपाधि जित्दै रु.१०,००० नगद र ट्रफि हात पारेको छ भने जनता क्याम्पसले उपविजेता बन्दै रु.६,००० नगद र ट्रफि प्राप्त गरेको छ । दश वटा टिम सहभागी प्रतियोगीतामा विश्व आदर्श विजेता बन्न सफल भएको हो । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिब ढुङ्गानाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेवि संघ पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, क्याम्पस प्रमुख सञ्जु अधिकारी साथै जनता क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।