काठमाडौँ । सिरहाबाट अवैध सुनचाँदीको गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमकमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोशन बराइली रहेको प्रहरीले जनाएको छ।
सिरहाबाट चोहर्बातर्फ प्र १–०१–१४ प ४६२५ नम्बरको मोटरसाइकल चढेर आइरहेका उनलाई चेकजाँचको क्रममा सिरहा नगरपालिका–७ मसिसोथा भन्ने ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।
बराईलीको साथबाट ५ लाख ५२ हजार ९०९ रूपैयाँ मूल्य बराबरको सुनचाँदीका गहना बरामद भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
बरादम भएका गहनाहरूको बीचबिजक देखाउन नसकेपछि बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।