इटहरी । इटहरी वडा नं. ९ सुष्मा कलेज अगाडी फोटोकफि क्याफे सञ्चालनमा आएको छ । ग्राफिक डिजाइनर निरज निरौला र रेनु घिमिरेको लगानीमा क्याफे सञ्चालनमा आएको हो ।
शनिबार चर्चित कमेडियन सुमन कार्कीले क्याफेको उद्घाटन गरेका छन् । कफि पिउदै स्तरीय फोटो खिचाउन पाइने क्याफेको विशेषता रहेको छ ।
शान्त तथा सितल वातावरणमा रमाउन चाहनेहरुको लागि भनेर क्याफेको संरचना तयार गरिएको निरौलाले बताए । निरजले आफू ग्राफिक डिजाइनर भएकै कारण समेत फोटो र कफि लाई एकैठाउँमा संलग्न गरेको बताए ।
उनकाअनुसार सुरुवातमा कफिको व्यवस्था गरिएपनि खाजाका परिकारहरुसमेत राखिनेछन् । इटहरी रंगशाला र कोशी राजमार्ग नजिकै भएको हुँदा क्याफेले धेरैभन्दा धेरै ग्राहकहरुको माया पाउनेमा उनी विश्वस्त छन् ।
आफूहरुले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिएको अर्की सञ्चालिका रेणु घिमिरेले बताइन् ।
उद्घाटन कार्यक्रमका बोल्दै इटहरी उपमहानगरपालिका वडा नंं. ९ कि वडा सदस्य राधिका पौडेलले युवा स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
उद्घाटन समारोहमा कमेडियन सुमन गौली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।