धनकुटामा भरुवा बन्दुक फेला

न्युजलय २७ कार्तिक २०८२, बुधबार ०३:३४ मा प्रकाशित

धनकुटा । धनकुटामा भरुवा बन्दुक फेला परेको छ ।

पाख्रीबास नगरपालिका–१०, स्थित चुङमाङमा बेवारिसे अवस्थामा झाडीभित्र लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो ।

प्रादेशिक प्रहरी चौकीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।