काठमाडौं । नेपालको सार्वजनिक ऋण बढेको छ। शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ३१० रुपैयाँ ऋण छ। कुल १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको आन्तरिक ऋणतर्फ ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
देशको सार्वजनिक ऋण २०७८ असारसम्म जम्मा १७ खर्ब ३७ अर्ब ६४ करोड रहेको थियो। चालु आर्थिक वर्षको अन्तसम्ममा नेपालको सार्वजनिक ऋण थप बढ्ने छ।