बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

न्युजलय २७ पुस २०८०, शुक्रबार ०४:३३ मा प्रकाशित

  झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।