सुनसरी खोलामा नुहाउने क्रममा बेपत्ता भएका भट्टराई मृत फेला

न्युजलय ४ मङ्सिर २०८२, बुधबार ०३:०४ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

सशस्त्र प्रहरीले आज मोरङ्गको सुन्दरहरैचा नगरपालिका–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको शव फेला पारेको हो ।

उनीसँगै नुहाउन गएका इटहरी –१३ बस्ने ५४ वर्षीय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल झुम्का पठाइएको छ ।

उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भिमराज काफ्ले नुहाएर फर्कँदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुबेको जानकारी गराएका थिए ।

सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको कमान्डमा खटिएको सुरक्षाकर्मीले रोहित काफ्लेलाई जीवितै उद्धार गरेको थियो भने देवेन्द्र भट्टराईको शव घटनास्थल भन्दा करिब ५० मिटर तल फेला पारेको हो ।

उद्धार गरिएका देवेन्द्र भट्टराईको अवस्था भने सामान्य रहेको बताइएको छ ।