प्रधानमन्त्री दाहालको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

न्युजलय १४ असोज २०८०, आइतबार ०८:४६ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले शनिबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ।


निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो । 


प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको निगमले जनाएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए ।