काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भएको भागदौडको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।
घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले गरेको क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे दुई लाख भारु दिइनेछ ।
गएराति भएको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।